राष्ट्रिय सभाको उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध

User Image Prime TV News १२ घण्टा अगाडि
Image of राष्ट्रिय सभाको उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध

काठमाडौ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध भएकी छन्।

उपाध्यक्ष पदका लागि तोकिएको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ। मनोनयन दर्ता आइतबार दिउँसो २:३० देखि ३:३० बजेसम्म गरिएको थियो। भण्डारीको प्रस्तावकमा प्रेमप्रसाद दंगाल रहेका छन् भने समर्थकमा कृष्णबहादुर रोकाया, पुजा चौधरी र मदनकुमारी शाह गरिमा रहेका छन्।

सचिवालयले उम्मेदवारीबारे जानकारी आइतबार साँझ सार्वजनिक गर्ने जनाएको छ। भण्डारी निर्वाचित भएको औपचारिक घोषणा भने सोमबार बस्ने राष्ट्रिय सभाको बैठकमा गरिनेछ।