सभामुख डोलप्रसाद अर्यालले लिए पद तथा गोपनीयताको शपथ

User Image Prime TV News एक दिन अगाडि
Image of सभामुख डोलप्रसाद अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अर्यालले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्राद दाहाल, कामु प्रधानन्यायाधिश सपना प्रधान मल्ल, मन्त्रीगण, भूपू प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ सरकारी अधिकारीहरूको सहभागिता थियो ।

प्रतिनिधिसभाको सभामुख पदमा डोल प्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध रूपमा निर्वाचित भएका थिए । आज बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्यालको निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए ।