राष्ट्रिय सभाको उपाध्यक्षमा लिला भण्डारी मनोनयन हुने
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिला भण्डारीलाई अघि बढाउने दलहरूबीच सहमति भएको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र अन्य दलहरूले भण्डारीलाई रिक्त उपाध्यक्ष पदमा मनोनयन गर्ने तयारी गरेको बताइएको छ । उपाध्यक्ष पदका लागि आज मनोनयन प्रक्रिया हुने बताइएको छ। कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले दलहरूबीच सहमतिमा उपाध्यक्ष मनोनयन गर्ने निर्णय भएको पुष्टि गरेका छन्।
साथै, समितिका सभापतिहरूको संख्या पनि दलहरूबीचको सहमतिअनुसार निर्धारण हुनेछ। यसअनुसार कांग्रेसले २, नेकपाले १ र जसपाले १ सभापति लिने सहमति भएको नेताहरूले जनाएका छन्। यसअघि उपाध्यक्ष उर्मिला अर्याल थिइन्। उनको कार्यकाल सकिएपछि पद रिक्त भएको थियो।







