व्यवसायी सुलभ अग्रवाल नियन्त्रणमा
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन्। उनका बुबा शङ्कर अग्रवालसँग सम्बन्धित विषयमा विभागले शुक्रबार साँझ उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले अग्रवाललाई बयानका लागि नियन्त्रणमा राखिएको जानकारी दिएका छन्।







