नेपाल क्रिकेट संघको बोर्ड बैठक स्थगित

User Image Prime TV News ६ घण्टा अगाडि
Image of नेपाल क्रिकेट संघको बोर्ड बैठक स्थगित

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)को शनिबारको बोर्ड बैठक स्थगित भएको छ। उपाध्यक्ष रोशन सिंहसहितको टोली अनुपस्थित भएपछि बैठक बस्न सकेको छैन। गत जेठमा, सिंहसहित आठ जना बोर्ड सदस्यहरूले नेपाल प्रिमियर लिग (एनपीएल) को खर्च विवरण माग गर्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझाउने सदस्यहरूमा सिंह, दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैया र जयन्ती भट्ट थिए। स्रोतका अनुसार, क्यानले खर्च विवरण उपलब्ध गराएको छैन। यही कारणले शनिबारको बैठकमा सदस्यहरूले बहिष्कार गरेका थिए।

बैठकमा साधारण सभा, बजेट, वार्षिक कार्यक्रम र अडिट रिपोर्टबारे छलफल हुने तय थियो। बैठक अब सोमबार पुनः बस्ने भएको छ। क्यान अध्यक्ष चन्दले भने, “केही सदस्यहरू उपस्थित थिएनन्। अनौपचारिक छलफल त भयो, तर सबैको उपस्थितिको लागि बैठक सोमबार सारिएको हो।”