डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित, प्रतिनिधिसभाबाट औपचारिक घोषणा

User Image Prime TV News ७ घण्टा अगाडि
Image of डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित, प्रतिनिधिसभाबाट औपचारिक घोषणा

काठमाडौ । प्रतिनिधिसभाको सभामुख पदमा डोल प्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध रूपमा निर्वाचित भएका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्यालको निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्। गत शुक्रबार मनोनयन दर्ताको क्रममा अर्याल एकल उम्मेदवार रहेकाका कारण उनी स्वतः निर्विरोध निर्वाचित भएका थिए।

सभामुखको रूपमा अर्याल अब संसदको बैठक सञ्चालन, विधेयक प्रक्रियाको व्यवस्थापन तथा दलहरूबीच समन्वयको जिम्मेवारी सम्हाल्नेछन्। यस निर्विरोध चयनलाई राजनीतिक सहमति र संसद सञ्चालनमा स्थिरता सुनिश्चित गर्ने कदमका रूपमा हेरिएको छ।

यसैब बिच सभामुख अर्यालको सपथ आजै दिउँसो ३ वजे हुने बताईएको छ ।