डोल प्रसाद अर्याललाई सभामुखमा प्रस्ताव प्रतिनिधिसभामा बैठकमा पेश

User Image Prime TV News ७ घण्टा अगाडि
Image of डोल प्रसाद अर्याललाई सभामुखमा प्रस्ताव प्रतिनिधिसभामा बैठकमा पेश

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले डोल प्रसाद अर्याललाई सभामुखमा प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको बैठकमा अर्याललाई सभामुखका लागि प्रस्ताव गरेका हुन् ।

लामिछानेले आफूहरूका उम्मेदवारलाई सर्वसम्मत गराउनका लागि अन्य राजनीतिक दलहरूले देखाएको राजनीतिक सम्मानका लागि धन्यवादसमेत दिए । प्रतिनिधिसभामा सभामुख चयन प्रक्रिया सहमतिमै अघि बढ्ने संकेत देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति तथा सांसद रवि लामिछाने ले डोल प्रसाद अर्याल लाई सभामुख पदका लागि प्रस्ताव पेश गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा प्रस्ताव राख्दै लामिछानेले अर्याललाई सर्वसम्मत रूपमा सभामुख बनाउन विभिन्न राजनीतिक दलहरूले देखाएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले यसलाई राजनीतिक सहकार्य र पारस्परिक सम्मानको संकेतका रूपमा व्याख्या गरेका छन्।