कांग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ‘एक महिने जरा अभियान’ संचालन गर्ने

User Image Prime TV News ६ घण्टा अगाडि
Image of कांग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ‘एक महिने जरा अभियान’  संचालन गर्ने

काठमाडौ । नेपाली कांग्रेसको संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी ‘एक महिने जरा अभियान’ थालनी गरेको जनाएको छ ।

यस कार्यक्रम अन्तर्गत ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई पार्टीको केन्द्रीय कार्यालयमा राखिएको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले आजदेखि नै १५ औं महाधिवेशनको कार्यतालिका अनुसार कार्य प्रारम्भ भएको जनाएको छ ।

२०८३ वैशाख १ गतेदेखि एक महिने जरा अभियान संचालन गर्ने र त्यस अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवाहरुसँग र पार्टी बाहिरका शुभेच्छुकहरुसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम गर्ने, सामाजिक र सिर्जनात्मक अभियान संचालन गर्ने तथा स्थानीय सरकार संचालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्नु जरा अभियानको उद्देश्य रहेको जनाइएको छ ।

 

NMB Bank

यसका लागि जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिइसकेका छन् ।

 

त्यसैगरी जिल्ला मार्फत ६ हजार ७४३ वटै वडाहरुमा प्रतिनिधिहरु खटाइनेछ र २०८३ वैशाख १ देखि वैशाख मसान्तसम्म एक महिनाको अवधिमा सदस्यता अद्यावधिक गरिनेछ ।

 

वैशाख महिनाभित्रमा केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्य आफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भई आफ्नो सदस्यता अद्यावधिक गर्नु पर्नेछ ।

 

यसरी सदस्यता अद्यावधिक गरिएका सदस्यहरुले मात्र कांग्रेस आईडी प्राप्त गर्नेछन् र १५ औं महाधिवेशनमा भाग लिन पाउनेछन् । कांग्रेस आईडी प्राप्त नगर्नेले महाधिवेशनमा भाग लिन पाउने छैनन् ।