लमजुङमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, १२ घाइते

User Image Prime TV News ६ घण्टा अगाडि
Image of लमजुङमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, १२ घाइते

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७, उस्ताबेंसीमुनि शनिबार भएको बोलेरो दुर्घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ। बेंसीसहरबाट छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेपछि दुर्घटना भएको हो।

दुर्घटनामा उस्ताकी ४० वर्षीया त्रिवेणी घले र ३५ वर्षीया पुष्पा घलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। दुवैलाई उपचारका लागि बेंसीसहरस्थित प्रादेशिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा १२ जना घाइते भएका छन्। गम्भीर घाइतेमध्ये विमलादेवी घले, रिता गुरुङ र बालक सफल गुरुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ।

अन्य घाइतेहरू सन्तबहादुर घर्ती, करण अधिकारी, रुद्रमान घले, प्रिशिका गुरुङ र सोमलाल तामाङको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यसैगरी, प्रकाश गुरुङ, विमान घले, इन्द्र घले र रितेश गुरुङ सामान्य घाइते भएका छन् र उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।