डोलप्रसाद अर्यालले आइतबार सभामुखको सपथग्रहण गर्ने

User Image Prime TV News एक दिन अगाडि
Image of डोलप्रसाद अर्यालले आइतबार सभामुखको सपथग्रहण गर्ने

काठमाडौ । डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभाका सभामुखका रुपमा  सपथग्रहण गर्ने भएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार, सभामुख अर्यालको सपथ कार्यक्रम दिउँसो ३ बजे शीतल निवासमा आयोजना हुने तय गरिएको छ। कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।

प्रतिनिधिसभा सभामुख निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए। उनको उम्मेदवारीमा रवि लामिछाने प्रस्तावक रहेका थिए भने समर्थकमा सोविता गौतम, स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका थिए।

सभामुखको रूपमा अर्यालले पदभार ग्रहण गरेपछि संसद सञ्चालन, विधायी प्रक्रिया र सदनको मर्यादा कायम गर्ने जिम्मेवारी सम्हाल्नेछन्।