रवि लामिमछानेले भने–ओली र लेखकको पक्राउ प्रतिशोध नभई न्यायिक प्रक्रिया
Prime TV News एक दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिमछानेले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको नयाँ सभामुखका लागि उपसभापति डीपी अर्यालले मनोनयन दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा ओली र लेखकको पक्राउमा राजनीतिक कारण नरहेको र न्याय पाउने पहिलो हक हतियार शहीद र घाइते परिवारलाई रहेको बताए।
लामिमछानेले भने, “आफ्ना बालबालिका गुमाएका परिवारलाई न्यायको प्राथमिक हक छ। राजनीतिक दृष्टिकोण भए पनि पहिलो हक शहीद परिवारको हो। न्याय पाउने हक सबैलाई छ।” सभापति लामिमछानेले थपे कि पार्टी र सरकारको काम पब्लिक अडिटमा रहेको छ र नागरिकले सबै गतिविधि नियालिरहेका छन्। “हामीले बोलेर भन्दा काम गरेर देखाउँछौं,” उनले भने।
साथै, उनले संसदीय मर्यादा, नियमावली र अनुशासनको पालना अनिवार्य रहेको र सभामुख पदमा पुगेपछि पार्टीभन्दा माथि उठेर सिंगो सदनप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए। उनले लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत प्रतिपक्षलाई दमन गर्ने वा नागरिकका मुद्दा दबाउने खालको व्यवहार अस्वीकार्य हुने पनि स्पष्ट पारे।













