एमालेका युवाहरूले पार्टी पुनर्गठनका लागि रचनात्मक आन्दोलन

User Image Prime TV News एक दिन अगाडि
Image of एमालेका युवाहरूले पार्टी पुनर्गठनका लागि रचनात्मक आन्दोलन

काठमाडौ । नेकपा एमालेका केही युवा नेता र कार्यकर्ताहरूले पार्टीभित्र सुधार र नयाँ नेतृत्व संरचना ल्याउन रचनात्मक आन्दोलनको सुरु गरेका छन्।

एमालेका युवाहरूले बिहीबार पार्टीको केन्द्रीय कार्यालयको भित्री गेटमा बस्दै नेताहरूलाई पुष्पगुच्छा थमाएका थिए। उनीहरूले वर्तमान कमिटी भंग गरी युवा सहभागितासहितको नयाँ कमिटी गठनको माग गरेका छन्।

अशल क्याम्पसका विद्यार्थी नेता एवं स्ववियु सचिव गोपालजंग शाही सहितका युवाहरूले यो आन्दोलनको नेतृत्व गरेका हुन्। उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएर आफ्नो माग राखेका थिए। पूर्व चेतावनी स्वरूप, बुधबार संसदीय दल नेता चयनको दिन युवाहरूले महासचिव शंकर पोखरेलको पुतला जलाएका थिए। यस घटनाले पार्टीभित्रको असन्तुष्टि र दबाबलाई सार्वजनिक रूपमा देखाएको छ।