नयाँ वर्ष लाग्नै लाग्दा नेपाली सिनेमा घरहरू भने नेपाली चलचित्रविहीन
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नयाँ वर्ष लाग्नै लाग्दा नेपाली सिनेमा घरहरू भने नेपाली चलचित्रविहीन भएका छन् । अहिले नेपालका अधिकांश ठूलो सिनेमा घरहरूमा नेपाली चलचित्र छैनन् । देशकै ठूलो मल्टिप्लेक्स चेन क्रमशः क्यूएफएक्स र आईएनआई तथा वान सिनेमाजमा अहिले कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा छैनन् ।
‘आ बाट आमा’पछि कुनै पनि नेपाली चलचित्रले खासै राम्रो व्यापार नगर्दा नेपाली सिनेमा घरहरूमा नेपाली चलचित्र नभएका हुन् । यही समय बलिउडको ठूलो चलचित्र ‘धुरन्धर–२’ आएपछि नेपाली चलचित्र रिलिज भएनन् । अहिले हलमा ‘धुरन्धर–२’, ‘हेल मेरी’, ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ र ‘दे विल किल यू’ नेपालमा हलमा प्रदर्शनरत छन् ।
अब नेपाली सिनेमा घरमा चैत २७ गते नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शनमा आउनेछ । यसमा विराज भट्ट मुख्य भूमिकामा छन् ।













