गृहमन्त्री गुरुङले भेटे जेनजी आन्दोलनका घाइते

User Image Prime TV News एक दिन अगाडि
Image of गृहमन्त्री गुरुङले भेटे जेनजी आन्दोलनका घाइते

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले काठमाडौ मेडिकल कलेज (केएमसी) भ्रमण गरी जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

उनले अस्पताल पुगेर अधिकांश घाइतेहरूको निःशुल्क उपचार भइरहेको जानकारी लिएका थिए र केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई धन्यवाद दिएका छन्। डा. शर्माका अनुसार, धेरै घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको छ।

मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सकेपछि सिधै अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझेका थिए।