महान्यायाधिवक्तालाई पदबाट हटाए ट्रम्पले

User Image Prime TV News एक दिन अगाडि
Image of महान्यायाधिवक्तालाई पदबाट हटाए ट्रम्पले

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्। अब उनको स्थानमा टोड ब्लान्चलाई नियुक्त गर्ने तयारी गरिएको छ। यो जानकारी ट्रम्पले आफ्नै सामाजिक सञ्जालमार्फत दिएका हुन्।

पाम बोन्डी ट्रम्पकी नजिककी सहयोगी मानिन्थिन्। उनलाई हटाइएपछि ट्रम्प प्रशासनबाट बाहिरिने दोस्रो उच्च अधिकारी बनेकी छन्। यसअघि गृह सुरक्षा प्रमुख क्रिस्टी नोमलाई पनि पदबाट हटाइएको थियो।

पदबाट हटाइएपछि बोन्डीले महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएकी छन्। उनले अब आफ्नो काम टोड ब्लान्चलाई बुझाउने र निजी क्षेत्रमा रहेर पनि ट्रम्पको समर्थन गर्ने बताएकी छन्।

यसैबीच, अमेरिकी सेनामा पनि परिवर्तन हुने भएको छ। रक्षामन्त्री पिट हेगसेथले आर्मी चिफ जनरल र्‍यान्डी जर्जलाई राजीनामा दिन भनेका छन्। अब उनको ठाउँमा जनरल क्रिस्टोफर ला–नेभले अस्थायी रूपमा जिम्मेवारी सम्हाल्ने बताइएको छ।

र्‍यान्डी जर्जलाई किन हटाइयो भन्ने स्पष्ट कारण भने खुलाइएको छैन। तर अधिकारीहरूले सेनामा नयाँ नेतृत्व आवश्यक भएको बताएका छन्। जर्ज यसअघि इराक, अफगानिस्तान र खाडी युद्धमा पनि सहभागी भएका थिए।