सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने वृद्धि
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हिजोकै दरमा कायम रहँदै प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ निर्धारण गरिएको छ।
यता, चाँदीको मूल्यमा भने आज वृद्धि देखिएको छ। हिजो प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनको मूल्य स्थिर रहे पनि चाँदीमा सामान्य वृद्धि देखिएको महासंघले जनाएको छ।













