सभामुखका निम्ति आज उमेदवारी दर्ता

User Image Prime TV News एक दिन अगाडि
Image of सभामुखका निम्ति आज उमेदवारी दर्ता

काठमाडौ । प्रतिनिधिसभा सभामुखका निम्ति आज उमेदवारी दर्ताको समय दिइएको छ । संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि आइतबार निर्वाचन हुनेछ ।

तालिकाअनुसार, शुक्रबार बिहान ११ देखि २ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको छ । संघीय संसद् सचिवालय सिंहदरबारमा उमेदवारी दर्ता गर्न सकिने जनाइएको छ । दिउँसो २:३० बजे उमेदवारी दर्ताको नामावली प्रकाशन गरिनेछ ।

सदनमा १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई सभामुख बनाउने निर्णय गरिसकेको छ । अल्पमतमा रहेका अरु दलले सभामुखको उमेदवारबारे धारणा सार्वजनिक गरिसकेका छैनन् ।