मुख्य सचिव अर्यालद्वारा मातहत निकायलाई भ्रष्टाचार नियन्त्रण निर्देशन

User Image Prime TV News २ दिन अगाडि
Image of मुख्य सचिव अर्यालद्वारा मातहत निकायलाई भ्रष्टाचार नियन्त्रण निर्देशन

काठमाडौ । सरकारी सेवा, विकास निर्माण, ठेक्का–खरिद प्रक्रिया र राजस्व प्रशासनमा हुने भ्रष्टाचारजन्य कार्य रोक्नका लागि मुख्य सचिव सुमनराज अर्यालले मातहतका सबै कार्यालय र निकायलाई परिपत्र जारी गरेका छन्।

बिहीबार जारी परिपत्रमा सबै मन्त्रालय, आयोग र कार्यालयका सचिवलाई सुशासन र सदाचार कायम राख्दै काम गर्न सचेत गराइएको छ। पत्रमा उल्लेख गरिएको छ कि सेवा प्रवाह, विकास निर्माण, ठेक्का तथा खरिद प्रक्रियामा सार्वजनिक पद र अधिकारको दुरुपयोग रोक्ने पहलकदमी लिन सबै निकायले आवश्यक कदम चाल्नुपर्नेछ।

परिपत्रले कार्यालय प्रमुखलाई पनि प्रत्यक्ष जिम्मेवार बनाएको छ। पत्रमा भनिएको छ, “सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचार भएमा सो निकाय वा कार्यालय प्रमुख प्रारम्भिक रूपमा जिम्मेवार मानिने भएकोले आवश्यक व्यवस्था अनुसार कार्यान्वयन गर्न अनुरोध गरिन्छ।”

यस कदमलाई सरकारले सुशासन र पारदर्शिता बढाउने महत्वपूर्ण पहलको रूपमा लिएको छ।