सांसद महावीर पुनले भने–आफू राजनीतिज्ञ हैन

User Image Prime TV News २ दिन अगाडि
Image of सांसद महावीर पुनले भने–आफू राजनीतिज्ञ हैन

काठमाडौ । प्रतिनिधि सभा सदस्य महावीर पुनले आफू राजनीतिज्ञ नभई समाजसेवीकै रूपमा काम गर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनमा आफ्नो भूमिका निष्पक्ष रहने उल्लेख गरे। उनले भने, “म फरक प्रकारको सांसदको रूपमा आएको छु, मेरो काम गर्ने शैली पनि फरक हुनेछ।”

पुनले आफू चुनाव लड्ने सोचमा नरहे पनि परिस्थितिका कारण निर्वाचनमा सहभागी भएको बताए। उनले जेनजी आन्दोलनपछि शिक्षामन्त्री बनेको र शिक्षा क्षेत्र सुधारका लागि प्रयास गरेको जानकारी दिए। उनका अनुसार, शिक्षा सुधारका लागि आवश्यक नियमावली र अध्यादेश ल्याउने प्रयास सफल नभएपछि उनले मन्त्री पदबाट राजीनामा दिएर चुनाव लडेका हुन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूले कानुन बनाउन खोज्दा रद्दीको टोकरीमा फ्याँकेपछि म्याग्दी गएर राजनीतिमा आउनै नहुने मान्छे जितेर आएको बताए। उनले १८ विश्वविद्यालयको छाता कानुन बनाउन, विश्वविद्यालयको प्राध्यापकहरूसहितको नियुक्तिका लागि १८ विश्व विद्यालयको सेवा आयोग खारेज गरेर लोकसेवा आयोग जस्तै आयोग गठन गर्ने अध्यादेश ल्याउन चाहे पनि नसकेको बताए।