सांसद हर्क साम्पाङले संसदमा भने एमसीसी खारेज हुनुपर्छ
Prime TV News २ दिन अगाडि 
काठमाडौ । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रतिनिधिसभाको पहिलो बैठकमा एमसीसी अमेरिकी सहायता परियोजना खारेज गर्न माग गरेका छन्। उनी भन्छन्, “देशको स्वतन्त्रता र असंलग्न परराष्ट्र नीति बचाउन, सैन्य उद्देश्यका लागि सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज हुनुपर्छ।”
सांसद साम्पाङले जनताको मागलाई प्रतिनिधित्व गर्दै सरकारलाई यस विषयमा कदम चाल्न सुझाएका छन्। साथै उनले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले समयको पालना नगर्ने प्रवृत्तिले नै देश पछाडि परेको भन्दै देश बनाउनुअघि सांसदहरूले आफूले आफैँलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए।












