कांग्रेस सांसद आङदेम्बेले जाँचबुझ आयोगको प्रतिवेदनबारे प्रश्न उठाए
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले प्रतिनिधिसभाको पहिलो बैठकमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुन्छ कि हुँदैन? भनेर प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्न गरेका छन्। आङदेम्बेले भने, “जाँचबुझ आयोगको प्रतिवेदन सरकारले स्वयं सार्वजनिक गर्ने कि प्रधानमन्त्रीले गोरखापत्र पढ्ने?”
उनले भदौ २३ र २४ गते संसद् भवन र सिंहदरबारमा भएको आगलागी र घटनाका कारणबारे पनि प्रश्न उठाए। उनले भने, “किन संसद् भवन खरानी भयो, किन सिंहदरबार जले? कसले गरायो? यी घटनालाई स्पष्ट रूपमा हेर्न जरुरी छ।”
सांसदले फरक दृष्टिकोणबाट घटनालाई हेर्ने प्रवृत्तिलाई गलत भने र सरकारलाई सुझबुझपूर्वक कदम चाल्न आग्रह गरे। उनले थपे, “कांग्रेस सधैं दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्नेमा दृढ छ।”












