नेप्से परिसूचक बढ्यो, रिलायन्स स्पिनिङ मिल्समा सर्वाधिक नाफा

User Image Prime TV News २ दिन अगाडि
Image of नेप्से परिसूचक बढ्यो, रिलायन्स स्पिनिङ मिल्समा सर्वाधिक नाफा

काठमाडौ । साताको अन्तिम दिन सेयर बजारमा सुधार आएको छ। बिहिबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ बिन्दुमा पुगेको छ। आज ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको थियो, जसको कारोबार ३५ करोड ७० लाख रुपैयाँ पुगेको छ।

बजारमा आज रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नोक्सानी भोगेका छन्।रिलायन्स स्पिनिङको सेयरमा पोजेटिभ सर्किट लागेको छ, जबकि भूगोल इनर्जीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।