रास्वपा सभापति लामिछानेले भने– प्रतिपक्षीमाथि प्रतिशोध हुँदैन
Prime TV News २ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको सरकारले प्रतिपक्षीमाथि प्रतिशोध र अहंकारको नीति नअपनाउने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लामिछानेले भने, “अघिल्ला सरकारले प्रतिपक्षीमाथि प्रतिशोध गरेको इतिहास छ, तर हाम्रो सरकारले यस्तो कार्य कहिल्यै गर्ने छैन।”
उनले प्रतिपक्षीले पनि गलतलाई गलत र सहीलाई सही भनेर सहयोग गर्नुपर्ने बताए र रास्वपा प्रश्न सोध्ने प्रक्रियाले संसदसम्म आइपुगेको जानकारी दिएका छन्। उनले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताएका छन् । साथै, उनले आफूहरूले बदल्न सुरु गरिसकेको पनि बताए ।
‘हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो । हामीले बदल्न सुरु गरिसकेका छौं,’ लामिछानेले भने । साथै, उनले जनतालाई आभार मात्रै प्रकट नगर्ने भन्दै मतादेशको गुन जिम्मेवारी पूरा गरेर गर्ने बताए । ‘म जनतालाई आभार मात्रै प्रकट गर्दिनँ । यो रोष्ट्रमबाट प्रतिज्ञा गर्छु । यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं,’ लामिछानेले भने ।













