एमाले युवा नेताहरूले च्यासल कार्यालयमा दिए धर्ना
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका युवा नेताहरूले पार्टीको च्यासल कार्यालयमा धर्ना दिएका छन्। उनीहरूले संसदीय दलको नेता चयनमा सुहाङ नेम्वाङ लाई रोक्दै उपाध्यक्ष रामबहादुर थापा बादल बनाइएको निर्णयको विरोध गरेका हुन्।
युवाहरूले पहिले पनि महासचिव शंकर पोखरेलको राजीनामा माग्दै पुतला जलाएका थिए। उनीहरूको माग अनुसार, पार्टीमा सुधारको अभियान अघि बढाउन र नेतृत्वको कार्यशैली सुधार्न आवश्यक छ। एमालेका युवा नेताहरूको भनाइ छ कि पार्टीले जनभावना बुझ्न नसकेको र संसदीय दलको नेता चयनमा त्रुटि गरेको छ।
सुधार नआएमा उनीहरूले विद्रोहको चेतावनी दिएका छन्।












