ओली र लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी गरिएको छ।
गत चैत १४ गते पक्राउ परेका दुवैजनालाई प्रहरीले पहिलोपटक पाँच दिनको म्याद थप गरेको थियो। त्यो म्याद आज सकिन लाग्दा, अब दोस्रोपटक म्याद थप्न अदालतमा पेश गर्ने तयारी भइरहेको छ । ओलीलाई स्वास्थ्य कारणले भर्चुअल रूपमा उपस्थित गराइने योजना छ।
उनी मृगौलासम्बन्धी रोगका कारण महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना छन्। लेखक भने हाल महाराजगन्जस्थित २ नम्बर गणमा रहेका छन्। ओली र लेखकलाई भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन दबाउन बल प्रयोग गर्न निर्देशन दिएको भन्दै आयोगले कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसपछि उनीहरू पक्राउ परेका हुन्।













