पूर्वयुवराज पारश शाहको आईसीडीको ब्याट्री परिवर्तन, उपचार जारी

User Image Prime TV News २ दिन अगाडि
Image of पूर्वयुवराज पारश शाहको आईसीडीको ब्याट्री परिवर्तन, उपचार जारी

काठमाडौ । पूर्वयुवराज पारश शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री बिहीबार सफलतापूर्वक परिवर्तन गरिएको छ।

उपचारमा संलग्न डा. यादव भट्टका अनुसार, आईसीडीको ब्याट्री बिहीबार बिहान साढे ९ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, थापाथलीमा फेरिएको हो। पूर्वयुवराज शाहलाई अस्पताल बिहीबार बिहान ८ बजे भर्ना गरिएको थियो।

डा. भट्टका अनुसार, आईसीडीको ब्याट्री परिवर्तनपछि उनको उपचार अस्पतालमै जारी छ र उनलाई केही दिन थप निगरानीमा राखिने छ। चिकित्सकहरूले जनाएका छन् कि मुटुको मांसपेशी कमजोर भएका र हृदयघात भोगेका बिरामीमा आईसीडी राखिन्छ, जसले मुटुको चाललाई नियमित राख्न सहयोग गर्छ।