फिफा विश्वकप २०२६: ४८ टोलीको टुङ्गो, कंगो र इराक अन्तिम छनोट

User Image Prime TV News २ दिन अगाडि
Image of फिफा विश्वकप २०२६: ४८ टोलीको टुङ्गो, कंगो र इराक अन्तिम छनोट

काठमाडौ । फिफा विश्वकप २०२६ मा सहभागी हुने ४८ टोलीको टुङ्गो लागिसकेको छ। अन्तिम दुई टोलीको रूपमा डेमोक्रेटिक रिपब्लिक अफ कंगो र इराकले स्थान बनाएका छन्। कंगोले पाँच दशकपछि पहिलो पटक विश्वकपमा प्रवेश गरेको हो।

विश्वकप ११ जुनदेखि १९ जुलाईसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ। पहिलोपटक ४८ टोली सहभागी हुँदैछन्, जसले १२ समूहमा विभाजन गरेर खेल हुनेछ। विश्वकपका खेल १६ सहरमा सञ्चालन हुनेछन्  । अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडामा २ वटा खेल हुनेछ । उद्घाटन खेल भने मेक्सिको सिटीको एस्टाडियो एज्टेकामा हुनेछ, जहाँ मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

१२ समूहका शीर्ष दुई टोली र तेस्रो स्थानका आठ उत्कृष्ट टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्। नकआउट चरणबाट ३२ टोली प्रतिस्पर्धा गर्नेछन्। विश्वकपको उपाधि १९ जुलाई मा न्यू जर्सीको मेटलाइफ स्टेडियममा निर्धारण हुनेछ।