प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा

User Image Prime TV News ३ दिन अगाडि
Image of प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा

काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य सुदन किरातीले पदबाट राजीनामा दिएका छन्।

पार्टीको अध्यक्ष परिषद् गत मंसिर ७ गते गठन भएको थियो र यसमा दुर्गा सोव, सुदन किराती, सन्तोष परियार, अशोक जैसवाल र ओजस्वी भट्टराई सदस्य थिए। अध्यक्ष परिषद्का सदस्य सन्तोष परियार का अनुसार, “उहाँले राजीनामा दिनुभएको छ। यसबारे विस्तृत जानकारी भविष्यमा विज्ञप्तिमार्फत् दिइनेछ।”

किरातीको राजीनामापछि अध्यक्ष परिषदको बैठक बुधबार राति अबेरसम्म बसेको थियो। बैठकको निर्णय र विवरण पनि विज्ञप्तिमार्फत् सार्वजनिक गरिने जनाइएको छ।