सुन र चाँदीको मूल्यमा गिरावट

User Image Prime TV News २ दिन अगाडि
Image of सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। बिहीबार दुवै धातुको मूल्यमा कमी आएको हो। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज तोलामा ३६ सय रुपैयाँले घटेको छ।

यससँगै सुनको नयाँ मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज तोलामा १६५ रुपैयाँले सस्तो हुँदै प्रतितोला ४ हजार ७८० रुपैयाँमा झरेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।