जेनजी आन्दोलनप्रति गजुरेलको समर्थन, नेतृत्व परिवर्तनको बहसमा स्पष्ट दृष्टिकोण
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले जेनजी आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्नुपर्ने धारणा राखेका छन्। शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले उक्त आन्दोलनलाई विकृति र विसंगतिको विरुद्ध युवाहरूले थालेको स्वतःस्फूर्त विद्रोहको रूपमा व्याख्या गरे।
“यो आन्दोलन जनस्तरबाट उठेको विद्रोह हो, जसले समाजमा रहेका बेथिति र अन्यायविरुद्ध आवाज उठाएको छ,” गजुरेलले भने, “हामीले पहिलो दिनदेखि नै यसको पक्षमा ऐक्यबद्धता जनाउनुपर्थ्यो।”
उनका अनुसार पार्टीले ढिलो भए पनि आन्दोलनमाथिको दमन र नरसंहारको विरोध गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर सही कदम चालेको छ। तर, उनले यस आन्दोलनलाई विदेशी वा प्रतिक्रियावादी शक्तिहरूले आफ्नो स्वार्थका लागि उपयोग गर्न सक्ने खतरा पनि औँल्याउँदै यसतर्फ सतर्क रहनुपर्ने सुझाव दिए।
यस्तै नेता गजुरेलले तत्काल पार्टी नेतृत्व परिवर्तन नहुने धारणा राखेका छन् । महाधिवेशनबाट पार्टी भित्र देखिएका अन्तर्विरोधहरु गरिनु पर्ने भन्दै नेता गजुरेलले पार्टी सिद्धान्त विहिन भएको टिप्पणी गरे ।













