इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको जोखिम

User Image Prime TV News ३ दिन अगाडि
Image of इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको जोखिम

काठमाडौ । इन्डोनेसियाको मोलुका सागर क्षेत्रमा आज बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको हो।

स्थानीय समयअनुसार बिहान ६:४८ बजे गएको भूकम्पको केन्द्र टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा समुद्रमा रहेको थियो। सुरुमा ७.८ म्याग्निच्युड भनिएको यो भूकम्पलाई पछि घटाएर ७.४ कायम गरिएको हो।

भूकम्पपछि सुनामीको जोखिम बढेको भन्दै चेतावनी जारी गरिएको छ। हवाईस्थित सुनामी चेतावनी केन्द्रलेले इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा समुद्री छाल आउन सक्ने सम्भावना रहेको जनाएको छ।

भूकम्पका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ। भवनको भग्नावशेषले थिचिएर ७० वर्षीया एक महिलाको ज्यान गएको हो। मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुई वटा पराकम्प पनि गइसकेका छन्। अधिकारीहरूले थप पराकम्प आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।

यता, Japan Meteorological Agencyले जापानका केही तटीय क्षेत्रमा समुद्री सतहमा सामान्य परिवर्तन हुन सक्ने जनाएको छ। तर ठूलो सुनामीको जोखिम भने कम रहेको अनुमान गरिएको छ।