इरानविरुद्ध अमेरिकी कारबाही अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

User Image Prime TV News २ दिन अगाडि
Image of इरानविरुद्ध अमेरिकी कारबाही अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही अब अन्तिम चरणमा पुगेको बताएका छन्। उनले बिहीबार ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै छिट्टै अभियान सकिने दाबी गरेका हुन्।

ट्रम्पका अनुसार करिब एक महिनादेखि चलिरहेको युद्धले इरानको सैन्य शक्ति निकै कमजोर बनाएको छ। उनले इरानी नौसेना समाप्त भएको, वायुसेना बिग्रिएको र धेरै शीर्ष नेताहरू मारिएको दाबी गरे। साथै, इरानको मिसाइल र ड्रोन प्रहार गर्ने क्षमता पनि धेरै घटेको उनले बताए।

उनले सन् २०२५ जुनमा गरिएको ‘अपरेशन मिडनाइट ह्यामर’को चर्चा गर्दै इरानका आणविक केन्द्रहरू नष्ट गरिएको बताए। ट्रम्पले इरान आणविक हतियार बनाउन नजिक पुगेको आरोप लगाउँदै बाराक ओवामाको पालामा भएको आणविक सम्झौतालाई गलत निर्णय भने।

क्षेत्रीय सुरक्षाबारे बोल्दै ट्रम्पले इजरायल र खाडी देशहरूलाई अमेरिकाले साथ दिने बताए। साथै,  हर्मुजको सुरक्षाका लागि अन्य देशहरूलाई पनि सक्रिय हुन आग्रह गरे। उनले अमेरिकाले अब त्यहाँ लामो समय सेना राख्न नपर्ने संकेत पनि दिए।