पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा, शल्यक्रियाको निर्णय बिहीबार
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना छन्। उनलाई पित्तथैलीमा पत्थरी भएको पाइएको छ।
अस्पतालका स्रोतका अनुसार, ओलीको पिसाबमा संक्रमणको आशंका छ। त्यसैले नमूना लिएर कल्चर रिपोर्टको प्रतिक्षा भइरहेको छ। रिपोर्टको नतिजा बिहीबार मात्र आउनेछ। रिपोर्ट आएपछि डाक्टरहरूले शल्यक्रिया गर्ने कि नगर्ने भन्ने निर्णय लिनेछन्।
ओलीलाई भदौ २३ गतेको घटनासँग सम्बन्धित अनुसन्धानका लागि प्रहरीले शनिबार पक्राउ गरेको थियो। पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएपछि उनलाई शिक्षण अस्पताल भर्ना गरिएको थियो।जिल्ला अदालत काठमाडौंले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। अहिले उनी अस्पतालमै उपचाररत छन्।












