सर्वोच्चले खड्का र शर्माको पक्राउबारे सुरक्षा निकायसँग माग्यो जवाफ
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्का र एमाले सांसद रेखा कुमारी शर्माको पक्राउबारे सुरक्षा निकायसँग जवाफ मागेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। पूर्वमन्त्री खड्काको पक्षमा उनकी श्रीमती विनिता थापाले चैत १७ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
त्यसैगरी सांसद रेखा कुमारी शर्माको हकमा उनका पति चिन्तामणी शर्मा ले रिट दायर गरेका थिए। अब सम्बन्धित निकायहरूले पक्राउको कारणबारे अदालतमा स्पष्ट जवाफ दिनुपर्ने भएको छ।












