एमालेले संसदीय दलको नेता चयन गर्न निर्वाचन गर्ने
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेले संसदीय दलको नेता चयन गर्न निर्वाचन गर्ने भएको छ।
बुधबार केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेता चयन गर्ने निर्णय गरिएको हो। यसअघि रामबहादुर थापा ‘बादल’ लाई सर्वसम्मत रूपमा नेता बनाउने तयारी गरिएको थियो।
तर सुहाङ नेम्वाङले पनि नेतामा दाबी गरेपछि प्रतिस्पर्धा हुने भएको हो। निर्वाचन प्रक्रिया सञ्चालन गर्न निरज आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले आवश्यक तयारी सुरु गरिसकेको जनाएको छ।
सहमति हुन नसकेपछि अब एमाले संसदीय दलको नेता चुनावबाटै टुंगिने भएको छ।












