रास्वपा सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा तारेख बुझे

User Image Prime TV News ३ दिन अगाडि
Image of रास्वपा सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा तारेख बुझे

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबार पर्सा जिल्ला अदालत पुगेका छन् र सहकारी ठगी प्रकरणमा तारेख बुझेर फर्किएका छन्।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछाने केहीबेरअघि तारेख बुझेर फर्किएका हुन्। यसअघि लामिछाने माथि पर्सा सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दा दायर गरिएको थियो । रवि लामिछाने हाल चितवन–२ क्षेत्रबाट निर्वाचित सांसद हुन्। 

सहकारी ठगी प्रकरण लामो समयदेखि विभिन्न जिल्ला अदालतमा विचाराधीन रहेको छ र यस सम्बन्धमा अदालतले लामिछानेलाई तारेख बुझ्न बोलाएको हो।