पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि काठमाडौ प्रहरी परिसरमा लगियो
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । पूर्वगृहमन्त्री र कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि प्रहरी परिसर काठमाडौं लगिएको छ।
उनलाई महाराजगञ्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट परिसरमा ल्याइएको हो। सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार, लेखकको बयान हालै सुरु भएको छ। लेखकलाई भदौ २३–२४ गतेको घटनामा दमन गरेको आरोपमा अनुसन्धान प्रतिवेदनको सिफारिसअनुसार चैत १४ गते पक्राउ गरिएको थियो।
पूर्वप्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै पक्राउ परेका लेखकलाई अदालतले पाँच दिनको थुना म्याद दिएको छ र अनुसन्धान प्रक्रिया जारी रहेको छ।












