गृहमन्त्री अर्यालको प्रतिबद्धताः राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइलहरू खुल्छ
Prime TV News एक महिना अगाडि 
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक पहुँचका आधारमा रोकिएका अनुसन्धान फाइलहरू अब खुला गरिने स्पष्ट पारेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले कानूनभन्दा माथि कोही नहुने बताए। मन्त्री अर्यालले भने, “राजनीतिक कनेक्सनका आधारमा रोकिएका वा बिथोलिएका अनुसन्धान अब अघि बढ्छन् । अब त्यस्ता अवरोध हुने छैन।”
उनले शान्ति, सुरक्षा र सुशासन कायम राख्न अनुसन्धानको निष्पक्षता आवश्यक रहेको उल्लेख गर्दै थपे, “यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासनबिना शान्ति सुरक्षा सम्भव छैन, र शान्ति सुरक्षाविना आगामी छ महिनाभित्र चुनाव सम्पन्न गर्न सकिँदैन।”
गत भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनको क्रममा महाराजगञ्जस्थित सीआईबी कार्यालयमा क्षति पुगेको थियो। त्यसको निरीक्षणपछि मन्त्री अर्यालले अपराध, आर्थिक तथा वित्तीय अपराध र भ्रष्टाचारसम्बन्धी रोकिएका फाइलहरू खुलाउने निर्देशन दिएको जानकारी दिए।













