गृहमन्त्री गुरुङद्वारा प्रहरी सेवामा सुधार र प्रविधिको प्रयोगमा जोड

User Image Prime TV News ३ दिन अगाडि
Image of गृहमन्त्री गुरुङद्वारा प्रहरी सेवामा सुधार र प्रविधिको प्रयोगमा जोड

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौको स्थलगत निरीक्षण गर्दै प्रहरी सेवामा सुधार र प्रविधिको प्रयोगमा जोड दिएका छन्। बुधबारको निरीक्षणका क्रममा मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिएका छन्।

परिसर प्रमुख एसएसपी रमेश थापाका अनुसार, मन्त्री गुरुङले परिसरबाट भइरहेको काम कारबाही, सेवा प्रवाह र अपराध अनुसन्धानबारे जानकारी लिएका थिए। उनले प्रहरी सेवामा प्रविधिको उपयोग बढाउने सम्बन्धमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

यसै क्रममा एसएसपी थापाले काठमाडौँमा १३ सयभन्दा बढी सिसिटिभी स्थापना गरिएको जानकारी दिएका छन्। जेनजी आन्दोलनका क्रममा केही सिसिटीभी तोडफोड भए पनि हालसम्म ९३७ वटा सिसिटीभी पुनः जडान भइसकेको छ।

गृहमन्त्री गुरुङको निरीक्षणले प्रहरी विभागलाई जनमुखी, पारदर्शी र प्रविधिमैत्री सेवा प्रवाहमा थप प्रोत्साहन प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।