पार्टीभित्र बढ्दो विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस सुदूरपश्चिमका महामन्त्री शाह ‘मनु’ ले गरे पार्टीका कार्यक्रममा सहभागी नहुने घोषणा

User Image Prime TV News ३ दिन अगाडि
Image of पार्टीभित्र बढ्दो विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस सुदूरपश्चिमका महामन्त्री शाह ‘मनु’ ले गरे पार्टीका कार्यक्रममा सहभागी नहुने घोषणा

काठमाडौ । नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’ ले पार्टीभित्र बढ्दो विवादप्रति असन्तुष्टि जनाउँदै पार्टीका कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन्।

शाहले बुधबार फेसबुकमा स्टाटस लेख्दै पार्टीमा देखिएको किचलो र असहज परिस्थितिका कारण आफूले कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रममा भाग नलिने निर्णय गरेको बताएका छन्। उनले पार्टी एकजुट नभएसम्म पार्टीको काममा संलग्न नहुने बताए।

महामन्त्री शाहले आगामी दिनमा दलगत राजनीतिबाट टाढा रहने संकेत पनि दिएका छन्। उनले पार्टी विभाजन भएमा यसले कार्यकर्ताको भावना र निष्ठामा ठूलो असर पार्ने चेतावनी दिएका छन्। नरनारायण शाह यसअघि कैलाली कांग्रेसका दुई कार्यकाल सभापति भइसकेका छन्। उनको परिवार पनि लामो समयदेखि कांग्रेसमा सक्रिय रहेको छ।