तमलोपाले गर्यो जसपा नेपालसँगको एकीकरण भंग गरेको घोषणा

User Image Prime TV News ४ दिन अगाडि
Image of तमलोपाले गर्यो जसपा नेपालसँगको एकीकरण भंग गरेको घोषणा

काठमाडौ । वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको एकीकरण भंग गरेको घोषणा गरेको छ। पार्टीका नेताहरूका अनुसार तमलोपा पुनः आफ्नै पहिचानमा सक्रिय भएको छ।

तमलोपाका नेता रविशंकरकुमार कर्णले पार्टी फेरि पुरानै अवस्थामै फर्किएको बताएका छन्। उनले आफूहरू एकीकरणमा गएको भए पनि अहिले तमलोपा कै रूपमा काम गरिरहेको र निर्वाचन आयोगमा दर्ता यथावत रहेको जानकारी दिए।

यसअघि गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी नेपाल र तमलोपा बीच एकीकरण भएको थियो। त्यसको केही समयपछि लोसपा र जसपा नेपालबीच पनि एकता भएको थियो। तर पछिल्लो निर्णयसँगै तमलोपा अलग भई पुनः स्वतन्त्र रूपमा सक्रिय भएको जनाएको छ।