उड्न नपाएका निगमका यात्रुले टिकटको पूरै पैसा फिर्ता पाउने
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाल वायुसेवा निगमले उडान रद्द भएपछि यात्रा गर्न नपाएका यात्रुलाई पूरा पैसा फिर्ता दिने जनाएको छ। यसका लागि निगमले यात्रुलाई सम्पर्कमा आउन आग्रह गरेको छ। बुधबार जारी सूचनामा निगमले यात्रुलाई आफूले टिकट किनेको ठाउँमै सम्पर्क गर्न भनेको छ।
ट्राभल एजेन्सी वा अनलाइनबाट टिकट लिएका यात्रुले सोही माध्यमबाट पैसा फिर्ता पाउन सक्नेछन्। इरानसँग सम्बन्धित द्वन्द्वका कारण दोहा, दुबई र दमामका उडान प्रभावित भएका छन्। ती गन्तव्यका लागि टिकट काटेका तर उड्न नपाएका यात्रुले अब पूरा रकम फिर्ता पाउनेछन्।
निगमले सबै टिकेटिङ एजेन्सी र अनलाइन सेवाहरूलाई यात्रुको पैसा फिर्ता प्रक्रियामा सहयोग गर्न पनि अनुरोध गरेको छ। साथै, प्रभावित यात्रुलाई छिटो सम्पर्क गर्न आग्रह गरिएको छ।













