सुन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढ्यो

User Image Prime TV News ३ दिन अगाडि
Image of सुन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको भाउ बुधबार उच्च दरले बढेको छ। आज सुन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन २ लाख ९० हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।

पछिल्लो एक सातामा सुनको मूल्य कुल ९ हजार १ सय रुपैयाँले बढेको छ। गत बुधबार सुन २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ। हिजो चाँदी ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।

गत बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४२० रुपैयाँ रहेको थियो। पछिल्ला दिनहरूमा सुन र चाँदी दुवैको भाउ बढ्दै गएको देखिएको छ।