कांग्रेसभित्र विवाद बढ्दै, अनुशासन समितिको बैठक आज
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा हुने जनाइएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा पछिल्लो विवादबारे छलफल हुने सम्भावना छ।
पार्टीभित्र अहिले दुई पक्षबीच मतभेद चर्किएको छ। पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विषयमा देउवा पक्षले विज्ञप्ति जारी गरेपछि संस्थापन पक्ष असन्तुष्ट बनेको हो।
यता, संस्थापनइतर समूहले धुम्बाराहीस्थित एक होटेलमा चैत १७ गतेदेखि भेला गरिरहेको छ। सो समूहले विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सभापतिका रूपमा नमान्ने अडान लिएको छ।
यसले कांग्रेसभित्रको विवाद झन् गहिरिँदै गएको देखिन्छ। समयमै समाधान नखोजिए पार्टी झन् समस्यामा पर्न सक्ने संकेत देखिएको छ ।













