नेपाली कांग्रेसले देशभर चुनावी समीक्षा अभियान सुरु गर्ने

User Image Prime TV News ५ दिन अगाडि
Image of नेपाली कांग्रेसले देशभर चुनावी समीक्षा अभियान सुरु गर्ने

काठमाडौ । नेपाली कांग्रेसले देशभर चुनावी समीक्षा अभियान सुरु गर्ने भएको छ।

महामन्त्री प्रदीप पौडेलका अनुसार, सातै प्रदेशमा समीक्षा बैठक आयोजना गरिनेछ। यो निर्णय केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते बसेको बैठकबाट गरिएको हो। कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूसँग छलफल गर्ने तयारी गरेको छ। साथै, केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रमा अध्ययन र समीक्षा पनि गरिनेछ।

यसका लागि सातै प्रदेशमा संयोजक तोकिएका छन्। सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला सभापति र उम्मेदवारहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिनेछ। पार्टीले चुनावी नतिजाको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने लक्ष्य लिएको जनाएको छ।

  • कोशी प्रदेश विराटनगर २०८२ चैत्र २३ गते डिला संग्रौला पन्त
  • मधेस प्रदेश जनकपुर २०८२ चैत्र २५ गते फरमुल्लाह मंसुर
  • बागमती प्रदेश हेटौडा २०८३ वैशाख ७ गते बहादुर सिंह लामा
  • गण्डकी प्रदेश पोखरा २०८२ चैत्र २७ गते देवराज चालिसे
  • लुम्बिनी प्रदेश दाङ २०८२ चैत्र २९ गते योगेन्द्र चौधरी
  • कर्णाली प्रदेश सुर्खेत २०८३ वैशाख ३ गते कर्णबहादुर बुढा
  • सुदूरपश्चिम प्रदेश कैलाली २०८३ वैशाख ५ गते प्रकाश रसाइली स्नेही