प्रधानमन्त्री बालेन शाह र गभर्नर डा. विश्व पौडेल बीच सोमबार भेटवार्ता

User Image Prime TV News ४ दिन अगाडि
Image of प्रधानमन्त्री बालेन शाह र  गभर्नर डा. विश्व पौडेल बीच सोमबार भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री बालेन शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल बीच सोमबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटलाई शिष्टाचार भेटका रूपमा लिइएको छ। यद्यपि, भेटमा देशको आर्थिक अवस्थासम्बन्धी महत्वपूर्ण विषयमा छलफल भएको बताइएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शाहले बैंकिङ क्षेत्रमा देखिएको समस्या, रेमिट्यान्सको अवस्था र बाह्य क्षेत्रबारे चासो राखेका थिए।

गभर्नर पौडेलले राष्ट्र बैंकले काम गर्दा भोग्नुपरेका समस्या र सरकारले गर्नुपर्ने सहजीकरणबारे जानकारी गराएका थिए। भेटका क्रममा गभर्नरले रिक्त डेपुटी गभर्नर पदको नियुक्ति चाँडै गर्नुपर्ने विषय पनि उठाएका थिए। उनले लामो समयदेखि पद खाली हुँदा काम प्रभावित भएको बताएका थिए।

तर, उक्त विषयमा प्रधानमन्त्री शाहले खासै प्रतिक्रिया नदिएको स्रोतको भनाइ छ। हाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद खाली रहेका छन्। समग्रमा, भेटमा आर्थिक अवस्था र संस्थागत कामकाजसँग सम्बन्धित विषयमा छलफल भएको जनाइएको छ।