संवादबाट बाहिर गएर समानान्तर गतिविधिले आफैलाई नोक्सान गर्छः प्रवक्ता नेपाली कांग्रेस

User Image Prime TV News ४ दिन अगाडि
Image of संवादबाट बाहिर गएर समानान्तर गतिविधिले आफैलाई नोक्सान गर्छः प्रवक्ता नेपाली कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेला जारी रहँदा पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको असहमति संवादमार्फतै समाधान गर्नुपर्ने बताएका छन्।

धुम्बाराहीस्थित होटल स्मार्टमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बसेपछि प्रवक्ता चालिसेले प्रतिक्रिया दिएका हुन्। उनले भने, “प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक हो। यसले निर्णयलाई बलियो र परिपक्व बनाउँछ। तर असहमति मर्यादित संवादबाट बाहिर गएर आत्मकेन्द्रित वा समानान्तर गतिविधिमा परिणत हुँदा पार्टीलाई नोक्सान पुग्छ।”

चालिसेले सबैलाई स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न आग्रह गर्दै भने, “महाधिवेशन नजिकिँदैछ, नेतृत्वको बाटो विधानअनुसार खुला छ र पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ।”