१४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक जारी
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज महाराजगन्जको स्मार्ट होटलमा सुरु भएको छ। बैठक शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले बोलाएका हुन्। यसमा आधा दर्जन निवर्तमान पदाधिकारीसहित ६० बढी केन्द्रीय सदस्य सहभागी भएका छन्। बैठक अझै जारी छ।
बैठकको अध्यक्षता पूर्णबहादुर खड्काले गरेका छन् भने निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार र महालक्ष्मी उपाध्याय ‘डिना’ समेत उपस्थित छन्। साथै, १४ औँ महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइराला, पूर्व उपसभापतिहरू बिमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्व महामन्त्री डा. शशांक कोइराला पनि बैठकमा सहभागी छन्।
प्रदेश सभापतिहरू पनि बैठकमा उपस्थित छन्। सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि बैठकमा छन्।
त्यस्तै केन्द्रीय सदस्यहरू बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, एनपी साउद, श्यामकुमार घिमिरे, अम्बिका बस्नेत, ईश्वरीदेवी न्यौपाने, रमा कोइराला पौड्याल बैठकमा उपस्थित भएका छन् । विद्यादेवी तिमल्सिना, लक्ष्मी खतिवडा, सरस्वती बजिमय, मानबहादुर विश्वकर्मा, राजीवविक्रम शाह, मानबहादुर नेपाली, ध्यानगोविन्द रञ्जित, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत, जीतजंग बस्नेत, मीन विश्वकर्मा पनि सहभागी छन् ।
डा. मिनेन्द्र रिजाल, पदमनारायण चौधरी, मदन अमात्य, सिता गुरुङ, भीम पराजुली, सरस्वती अर्याल तिवारी, महिन्द्र लिम्बु, दिपक गिरी, गेहेन्द्र गिरी पनि उपस्थित भइसकेका छन् । रामहरि खतिवडा, शिव हुमागाई, उमेशजंग रायमाझी, दिलेन्द्र बडू, सुजाता परियार, हरिशंकर परियार, गुरु बराल, शान्ति परियार बिक, सिता राना र वीरबहादुर बलायर उपस्थित भएका छन् ।












