एमालेले फेर्यो आन्दोलनको रणनीति

User Image Prime TV News ४ दिन अगाडि
Image of एमालेले फेर्यो आन्दोलनको रणनीति

काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीले आन्दोलनको रणनीति परिवर्तन गरेको छ। एमालेले सडक आन्दोलनको सट्टा अब कमिटी भेला मार्फत् जनपरिचालनमा जोड दिने तयारी गरेको छ। आज बसेको सचिवालय बैठकले वडा तहसम्म कमिटी परिचालन गर्ने निर्णय गरेको छ।

त्यसअनुसार चैत २५ गते जिल्ला भेला, चैत २८ मा ७५३ पालिकामा विरोध प्रदर्शन र वैशाख ३ मा ६ हजार ७४३ कमिटीको भेला आयोजना गर्ने योजना बनाइएको छ। साथै, वैशाख ७ मा प्रदेश राजधानीहरूमा प्रदर्शन र वैशाख १२ मा काठमाडौं उपत्यकास्तरीय भेला गर्ने तयारी पनि भएको सचिव महेश बस्नेतले जानकारी दिएका छन्।

गत भदौ २३ मा जेनजी आन्दोलनका क्रममा भएको घटनामा संलग्न भएको आरोपमा शनिबार अध्यक्ष ओली पक्राउ परेका थिए। एमालेले यसलाई राजनीतिक प्रतिशोधको रुपमा लिँदै आन्दोलन सुरु गरेको थियो। सडक आन्दोलनमा सहभागिता कम देखिएपछि पार्टी संगठनलाई सुदृढ गर्दै आन्तरिक रूपमा शक्ति आर्जनमा केन्द्रित भइरहेको छ।

यसअघि अध्यक्ष ओलीको रिहाइको माग गर्दै पार्टीका जनसंगठनहरूले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइसकेका छन् र माइतीघर मण्डलमा जुलुस प्रदर्शनसमेत गरेका छन्।