रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबिच आज बिहान भेटवार्ता

User Image Prime TV News ५ दिन अगाडि
Image of रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबिच आज बिहान भेटवार्ता

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय सभाका सदस्य महन्थ ठाकुरबिच आज बिहान भेटवार्ता भएको छ। लामिछानेको सचिवालयका अनुसार जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहेका ठाकुर सभापति रविलाई भेट्न उनको निजी निवास बुढानीलकण्ठ पुगेका थिए।

सचिवालयले भनेको छ, ‘भेटवार्तामा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भयो। पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन्।’